मेस्सीबिना बार्सिलोनाको फराकिलो जित

  • 174
    Shares

प्रज्जवल थापा । कप्तान लियोनल मेस्सी बिना मैदान उत्रिएको बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । मंगलबार राती भएको खेलमा बार्सिलोनाले ड्यानामो किभलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

युवा खेलाडी लिएर मैदान उत्रिएको बार्सिलोनाको जितमा मार्टिन ब्राथवेटले दुई गोल गर्दा सेर्जिनो डेस्ट र एन्टोनी ग्रिज्मानले एक-एक गोल गरे । बार्सिलोनाले सबै चार गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औँ मिनेटमा ब्राथवेटको पासमा सेर्जिनो डेस्टले गोल गर्दै बर्सिलोनालाई खेलमा अगाडी बढाएका थिए ।

५७ औँ मिनेटमा ओस्कार मिन्गुएजाको पासमा ब्राथवेटले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा मार्टिन ब्राथवेटले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना खेलमा सहज देखिएको थियो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा जोर्डी अल्बाको पासमा एन्टोइन ग्रिज्मानले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाले अन्तिम १६ को टिकट काटेको छ । बार्सिलोना प्रतियोगिताको चार खेलमा सतप्रतिशत जित निकाल्दै १२ अङ्ककोसाथ शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसपनी अन्तिम १६ मा स्थान पक्का गरेको छ ।


  • 174
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *