USAID

रोनाल्डो र मोराटाको गोलमा युभेन्टस विजयी


प्रज्जवल थापा । फर्वार्ड अल्भारो मोराटाले खेलको अन्तिम समयमा गोल गरेपछि युईएफए च्याम्पियन्स लिगमा युभेन्टस विजयी भएको छ । मंगलबार राती भएको खेलमा युभेन्टसले फेरेन्सभारोसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एल्लिनाज रंगशालामा भएको खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको १९ औँ मिनेटमा चोल ङ्येन पासमा म्य्रटो उजनिले गोल गर्दै फेरेन्सभारोसलाई खेलमा अगाडी बढाएका थिए । ३५ औँ मिनेटमा जुआन कौड्राडोको पासमा क्रिस्ट्यानो रोनाल्डोले डि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याएका थिए ।

खेलको ६८ औँ मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके । बल पोजेसन आफ्नो पकडमा राखेपनी युभेन्टसले थप गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा जुआन कौड्राडोको पासमा अल्भारो मोराटाले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । मोराटा दोस्रो हाफमा पाउलो डबेला स्थानमा मैदान छिरेका थिए । यस सिजन च्याम्पियन्स लिगमा ५ गोल गरिसकेका छन् ।

जितसँगै युभेन्टसले दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको छ । हाल युभेन्टस ४ खेलमा ९ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *