USAID

बार्सिलोनाले ड्यानामो किभको सामना गर्दै


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जि’ को खेलमा आज बर्सिलोनाले ड्यानामो किभको सामना गर्दै छ । खेल नेपाली समय अनुसार आज राती १:४५ बजे शुरु हुदैछ ।

बार्सिलोना आजको खेलमा कप्तान लियोनल मेस्सीबिना मैदानमा उत्रिदै छ । प्रशिक्षक रोनाल्ड कोमानले सोमबार घोषणा गरेका १९ सदस्यीय टोलीमा कप्तानलाई समावेश गरेका छैनन् । मेस्सीसँगै डि योङलाई रोनाल्डले विश्राम दिएको बताएका छन् । यस्तै डिफेन्डरद्वय जेरार्ड पिके र सेर्जियो रोबर्टो चोटका कारण टोली बाहिर छन् । आजको खेल बार्सिलोनाले जितेमा शिर्ष दुई स्थानमा रहदै बार्सिलोना र युभेन्टस अन्तिम १६ मा पुग्न सक्छन् । त्यसको लागि युभेन्टसलेपनि आज फ्रेरेन्भारोसलाई हराउनुपर्नेछ ।

यता युक्रेनियन च्याम्पियन किभले स्पेनिस टोलीविरुद्ध जित निकाल्न सकेको छैन । स्पेनिस टोलीसँग भएको पछिल्लो ७ भेटमा किभ ३ खेलमा पराजित हुँदा चार खेलमा बराबरी खेलेको छ । बार्सिलोनाले घरेलु लिगमा खराब प्रदर्शन गरिराख्दा च्याम्पियन्स लिगमा भने राम्रो खेलिराखेको छ । गत शनिबार लिगमा बार्सिलोना एथ्लेटिको म्याड्रिडसंग १-० गोलले पराजित भएको थियो ।

बार्सिलोना सन् २०१६/१७ देखि च्याम्पियन्स लिगको समुहचरणमा पराजित भएको छैन । त्यसैलेपनी आजको खेलमा किभलाई जित निकाल्न गार्हो पर्न सक्छ । दुई टोलीबिच नोभेम्बर ५ मा भएको अन्तिम भेटमा बार्सिलोना २-१ गोल अन्तरले विजयी भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *