USAID

इब्राहिमोभिकको दुई गोलमा मिलान विजयी


प्रज्जवल थापा । जाल्टस इब्राहिमोभिकले दुई गोल गर्दा एसी मिलानले इटालियन किग सिरि ए मा अपराजित यात्रा कायम गरेको छ । आइतबार राती भएको खेलमा एसी मिलानले नेपोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टाडियो सान पालोमा भएको खेलमा मिलानलाई जित दिलाउन जाल्टन इब्राहिमोभिकले दुई र जेन्स पेटर हौगले एक गोल गरे । नेपोलीको लागि डेरिस मेर्टेन्सले गरेको गोल सान्त्वनामा सिमित बन्यो । खेलको २० औँ मिनेटमा हेर्नान्डेजको पासमा जाल्टन इब्राहिमोभिकले गोल गर्दै मिलानलाई खेलमा अगाडी बढाएका थिए ।

५४ औँ मिनेटमा अन्टे रेबिकको पासमा इब्राहिमोभिकले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा डेरिस मेर्टेन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा हौगले गोल गर्दै मिलानलाई ३-१ गोलको सानदार जित दिलाए ।

जितसँगै मिलान लिगमा अपराजित रहँदै ८ खेलमा २० अङ्कको साथ शिर्ष स्थानमा छ । नेपोली ८ खेलमा १५ अङ्क जोड्दै छैटौं स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *