USAID

लेस्चरमाथी लिभरपुलको सानदार जित


प्रज्जवल थापा । पोर्चुगिज युवा खेलाडी डिएगो जोटाले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदा लिभरपुलले लेस्चर सिटीमाथि सानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले लेस्चरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

चोटका कारण लिभरपुल प्रमुख खेलाडी बिना मैदान उत्रिएको थियो । एन्फिल्डमा भएको खेलमा लिभरपुलको लागि डिएगो जोटा र रोबर्टो फर्मिनोले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको २१ औँ जोन्नी इभान्सले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

४१ औँ मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ८६ औँ मिनेटमा जेम्स मिल्नरको पासमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० गोलको सानदार जित दिलाए ।

जितसँगै लिभरपुल ९ खेलमा २० अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्चर ९ खेलमा १८ अङ्क जोड्दै चौथो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *