युभेन्टसको जितमा रोनाल्डो नायक

  • 1.1K
    Shares

प्रज्जवल थापा । स्टार खेलाडी क्रिस्टयानो रोनाल्डो नायक भएको खेलमा युभेन्टसले काग्लियरीलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा युभेन्टस २-० गोलले विजयी भएको हो ।

सिरि ए अन्तर्गत एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसको जितमा दुवै गोल रोनाल्डोले गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३८ औँ मिनेटमा अल्भारो मोराटाको पासमा क्रिस्ट्यानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडी बढाएका थिए ।

४२ औँ मिनेटमा डेमिरलको पासना रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । यस सिजन रोनाल्डोको लिगमा यो आठौँ गोल हो । काग्लियरिले खेल अवधिभर एउटा गतिको आक्रमण बुन्न सकेन । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा युभेन्टस विजयी भएको हो ।

जितसँगै युभेन्टस ८ खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अब युभेन्टसले च्याम्पियन्स लिगमा मंगलबार फेरेन्सभारोसको सामना गर्नेछ ।


  • 1.1K
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *