आज रियल म्याड्रिड र भिल्लारियल भिड्दै

  • 152
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाअन्तर्गत आज हुने खेलमा रियल म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति ९ बजे शुरु हुनेछ ।

इस्टेडियो डि ला सेरामिकामा हुने खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् । उच्च फर्ममा रहेको भिल्लारियल पछिल्लो ५ खेलमा अपराजित छ । भिल्लारियल ९ खेलमा १८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ ।

रियल म्याड्रिड कप्तान सेर्जियो रोमसबिना मैदान उत्रिनेछ । गत मंगलबार जर्मनीविरुद्धको खेलमा चोट बोकेका रोमस १० दिनका लागि बाहिरिएका छन् । इडेन हजार्ड, केसिमिरो र इडेर मिलिटाओ कोरोना मुक्त भएर फर्किएपनि आजको खेलमा हजार्डमात्र उपलब्ध छन् । म्याड्रिड ८ खेलमा १६ अङ्क जोड्दै चौथो स्थानमा छ । पछिल्लो खेलमा रियल म्याड्रिडले भ्यालेन्सियासँग ४(१ गोलको लज्जास्पद हार बेहोरेको थियो ।

दुई टोलीबीच भएको पछिल्लो १८ भेटमा रियल म्याड्रिड ९ खेलमा विजयी भएको थियो । भिल्लारियलले २ खेल जित्दा ७ खेल बराबरीमा सकिएको थियो ।


  • 152
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *