रोमस घाइते, रियल म्याड्रिडलाई चोटको चिन्ता

प्रज्जवल थापा । रियल म्याड्रिडका कप्तान डिफेन्डर सेर्जियो रोमस चोटको कारण मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडले बिहिबार विज्ञप्ती जारी गर्दै रोमसको चोटको बारेमा जानकारी दिएको हो ।

३४ वर्षिय डिफेन्डर रोमस मंगलबार स्पेनबाट खेल्ने क्रममा घाइते भएका थिए । उनी ४० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गर्दै नेसन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

विदेशी सञ्चारमाध्यम मार्काको अनुसार दाहिने खुट्टामा ह्यामसट्रिङ चोट बोकेको कारण रोमस कम्तिमा १० दिन मैदान बाहिर रहने बताएका छन् । यससँगै उनले भिल्लारियल, इन्टर मिलान र आल्भेससँगको खेल गुमाउने पक्का भएको छ । अब रोमसको लक्ष्य च्याम्पियम्स लिग अन्तर्गत डिसेम्बर १ मा शात्खर डोनेटक्ससँगको खेल खेल्ने हुनेछ । कप्तान सेर्जियो रोमसबिना रियल म्याड्रिड च्याम्पियन्स लिगमा पछिल्लो आठ खेल मध्य सात खेलमा पराजित भएको छ ।

यस्तै अर्का मुख्य डिफेन्डर राफेयल भरानपनि फ्रान्सको लागि खेल्दा काँधमा चोट बोक्दै पहिलो हाफमा मैदान छाडेका थिए । उनी शुक्रबार म्याड्रिड फर्किएर जाँच गर्नेछन् । यस्तै अर्का वैकल्पिक डिफेन्डर इडर मिलिटाओ कोरोना संक्रमण निको भएर बिहिबार मात्र प्रशिक्षणमा फर्किएका छन् । उनिसंगै इडेन हजार्ड र केसिमिरोपनि संक्रमण मुक्त भएर सामुहिक प्रशिक्षणमा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *