आज स्पेन र जर्मनी भिड्दै

प्रज्जवल थापा । विश्व फूटबलका दुई महारथी स्पेन र जर्मनी आज भिड्दै छन् । युईएफए नेसन्स लिग अन्तर्गत आज हुने खेल नेपाली समय अनुसार राती १:३० बजे शुरु हुँदै छ ।

इस्टेडियो ओलम्पिको डि सेभिल्लामा हुने आजको खेल जित्ने टोली अन्तिम चरणमा प्रवेश गर्नेछ । हाल जर्मनी ५ खेलमा ९ अङ्क जोड्दै शिर्ष स्थानमा छ । स्पेन ८ अङ्क जोड्दै दोस्रो स्थानमा छ । जर्मनीलाई अर्को चरण प्रवेश गर्न बराबरी पर्याप्त छ भने स्पेनलाई स्पष्ट जित निकाल्न जरुरी छ । पछिल्लो तीन खेलम जित बिहिन रहेको स्पेन आजको खेल जित्नैपर्ने दबाबमा छ ।

युक्रेनविरुद्ध पछिल्लो खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउदै जित निकालेको जर्मनी आत्मविश्वासी देखिएको छ । जर्मनी पछिल्लो १२ खेलमा अपराजित रहेको छ । सेप्टेम्बरमा भएको पछिल्लो भेटमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *