आज नेपालले बंगलादेशको सामना गर्दै, नेपाललाई बदला लिने अवसर

प्रज्ज्वल थापा । दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । मुजिव बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत हुने खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।

बंगबन्धु रंगशालामा भएको पहिलो खेलमा पराजित भएको कारणपनी नेपाललाई आजको खेलमा कम्तिमा दुई गोल अन्तरले जित निकाल्न पर्नेछ । २-० गोल अन्तरले जित निकालेको खण्डमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ । करिब एकवर्ष पछी मैदानमा उत्रिएको कारण पहिलो खेलमा नेपाली खेलाडीको तालमेल मिल्न सकेको थिएन । चार नियमित सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली टोलीसित आठ नँया अनुहार लिएर बंगलादेश पुगेको थियो । पहिलो खेलमा डिफेन्डर विकास खवासले शुरुवाती ११ मा पर्दै नेपालको लागि डेब्यु गर्दा एरिक विष्ट र दर्शन गुरुङले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि पहिलो खेल गुमाएका रजिन धिमाल आजको खेल खेल्ने सम्भावना छ । शनिबार गरिएको प्रशिक्षणमा सबै नेपाली खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । अभ्यास गर्ने समय कम पाएको कारणपनि पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेको प्रशिशक महर्जनले बताए । पहिलो खेलमा भएको गल्तीलाई सुधार्दै आजको खेलमा राम्रो प्रदर्शन गर्ने महर्जनले जनाए । बंगलादेश भने नपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । आज हुने खेलमा बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् । शनिबार गरिएको प्रशिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि हाल उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।

नेपालको सम्भावित ११

किरण चेम्जोङ;
विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ, रजि धिमाल;
अन्जन विष्ट, एरिक विष्ट, तेज तामाङ ,सुजल श्रेष्ठ;
नवयुग श्रेष्ठ, भरत खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *