प्रज्जवल थापा । युईएफए नेसन्स लिगमा बेल्जियमले इङल्याण्डलाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा बेल्जियमले इङल्याण्डलाई २-० गोलले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन योरि टेलेमान्स र डेरिस मेर्टेन्सले गोल गरे । बेल्जियमले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १० औँ मिनेटमा लुकाकुको पासमा योरि टेलेमान्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । २४ औँ मिनेटमा डेरिस मेर्टेन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए ।
थपसमयमा दुवै टोलीबाट गोल हुन नसकेपछि बेल्जियम विजयी भएको हो । जितसँगै बेल्जियम ५ खेलमा १२ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । इङल्याण्ड ५ खेलमा ७ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।
