USAID

नेसन्स लिगमा इटाली विजयी


प्रज्जवल थापा । युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा इटाली विजयी भएको छ । आइतबार राती भएको खेलमा इटालीले पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालीलाई जित दिलाउन जोर्जिन्हो र बेरार्डीले एक-एक गोल गरे । खेलको २७ औँ मिनेटमा जोर्जिन्होले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । विपक्षी खेलाडी पेनाल्टी बक्समा हातले तानेर लडाएपछी इटालीले पेनाल्टी पाएको थियो ।

८४ औँ मिनेटमा इन्सिङ्गेको पासमा बेरार्डीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि इटाली विजयी भएको हो । जितसँगै इटाली ५ खेलमा ९ अङ्क जोड्दै तलिकाको शिर्ष स्थानमा छ । पराजित पोल्याण्ड ५ खेलमा ७ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *