पोर्चुगल फ्रान्ससँग पराजित

प्रज्जवल थापा । युईएफए नेसन्स लिगमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको छ । शनिबार राती भएको खेलमा फ्रान्सले पोर्चुगललाई १-० गोल अन्तरले हराउदै अन्तिम चरणको टिकट काटेको हो ।

साविक विजेता पोर्चुगललाई पराजित गर्न फ्रान्सको लागि नोग्लो कान्तेले गोल गरे । ५३ औँ मिनेटमा एन्ड्रियन राबियोटको पासमा कान्तेले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । थपसमयमा दुवै टोलीबाट गोल हुन नसकेपछि फ्रान्स विजयी भएको हो ।

पराजित भएसँगै पोर्चुगल उपाधि रक्षा गर्नबाट चुकेको छ । जितसँगै फ्रान्स ५ खेलमा १३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको अर्को चरणमा प्रवेश गरेको छ । पराजित पोर्चुगल ५ खेलमा १० अङ्क जोड्दै दोस्रो स्थानामा छ ।

समुहको अर्को खेलमा स्विडेनले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । स्विडेनको जितमा कुलुसेवस्की र डेनियल्सनले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *