आज पोर्चुगल र फ्रान्स भिड्दै

प्रज्जवल थापा । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौ खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले विश्व विजेता फ्रान्सको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १:३० बजे शुरु हुनेछ ।

पोर्चुगलको घरेलु मैदान इस्टेडियो डा लुजमा हुने खेलमा दुवै टोली जित निकाल्दै शिर्ष स्थानमा रहन चाहन्छन् । हाल पोर्चुगल ४ खेलमा १० अङ्क जोड्दै शिर्ष स्थानमा छ । समान अङ्क जोडेको फ्रान्स गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहने टोलीे अर्को चरणमा प्रवेश पाउनेछ । त्यसैले आजको खेल जित्ने टोली शिर्ष स्थानमा रहने लगभग पक्का छ ।

बुधबार भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथी फराकिलो जित दर्ता गर्दा फ्रान्स फिनल्यान्डसित पराजित भएको थियो । पोर्चुगल त्यही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ भने फ्रान्स हारलाई बिर्सिदै अगाडी बढ्न प्रयास गर्नेछ । दुई टोलीबिच भएको अन्तिम चार भेटमा फ्रान्स दुई खेलमा विजयी भएको छ । पोर्चुगलले एक खेल आफ्नो पोल्टामा पार्दा एक खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *