बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११, विकासले डेब्यु गर्दै

  • 20
    Shares

प्रज्जवल थापा । आज बंगलादेशविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा युवा डिफेन्डर विकास खवासले डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार ४:४५ बजे शुरु हुनेछ ।

त्रिभुवन आर्मी क्लबका नियमित सदस्य विकासले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्ने भएका छन् । उमेर समुहमा राम्रो गर्दै आएका विकास गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागको उपाधि जित्दा महत्त्वपूर्ण खेलाडी थिए ।

गोलकिप्पर किरण चेन्जोङको कप्तानीमा प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको शुरुवाती ११ घोषणा गरेका हुन् । डिफेन्समा अन्तन्त तामाङले नयाँ जोडी पाएका छन् । विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ र सुमन अर्यालले डिफेन्स समाल्ने छन् । यस्तै महर्जनले मिडफिल्डको भुमिकामा विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टलाई राखेका छन् । फर्वार्डमा नवयुग श्रेष्ठ एक्लै छन् ।

नेपालको शुरुवाती ११

किरण चेम्जोङ;
विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल;
विक्रम लामा, तेज तामाङ ,रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ;
नवयुग श्रेष्ठ


  • 20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *