पेराग्वेसँग अर्जेन्टिनाको बराबरी

प्रज्ज्वल थापा । फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पेराग्वे सँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको लागि निकोलास गोन्जालेजले गोल गर्दा पेराग्वेको लागि एन्जल रोमेरोले गोल गरे । पेराग्वेले खेलको २१ औँ मिनेटमा एन्जल रोमेरोको गोलमा अग्रता लिएको थियो । मार्टिनेजले पेनाल्टी क्षेत्रभित्र फवल गरेपछि पाएको पेनाल्टीमा रोमेरोले गोल गरेका थिए ।

४१ औँ मिनेटमा लो सेल्सोको पासमा निकोलोस गोन्जालेजले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै दुवै टोलीले एक-एक अङ्क बाढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *