रोनाल्डोलाई बुफनको संन्देश, “अबको पालो पेलेलाई भेट्टाउने”

  • 491
    Shares

प्रज्जवल थापा । पोर्चुगिज सुपरस्टार क्रिस्ट्यानो रोनाल्डोको लागि रेकर्ड बनाउनु कुनै नयाँ कुरा हैन । गएराती भएको खेलमापनि रोनाल्डोले दुई रेकर्ड बनाए ।

बुधबार राती पोर्चुगलले एन्डोरालाई ७-० गोलले हराएको खेलमा रोनाल्डो बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै एक गोल गरेका थिए । त्यसक्रममा रोनाल्डो पोर्चुगलको लागि १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् । यस्तै एक गोल गरेसँगै रोनाल्डोले हंगेरीका लेजेन्ड फ्रेन्स पुस्कासको गोल संङ्ख्यासँग पनि बराबरी गरेका छन् । रियल म्याड्रिडका पुर्व खेलाडी पुस्कासले क्लब र देशको लागि कुल ७४६ गोल गरेका थिए । यससँगै रोनाल्डो सार्वधिक गोल गर्ने खेलाडीको तालिकामा तेस्रो स्थानमा रहेका पेलेको गोलसँग बराबरी गर्न मात्र २१ गोलले पछि छन् ।

पुस्काससँग गोल सङ्ख्या बराबरी गरेको कारण बुफनले रोनाल्डोलाई बधाई दिएका हुन् । बुफनले लेखेका छन्, “यस उपलब्धिको लागि हार्दिक बधाई मेरो साथी, ७४६ गोल भनेको धेरै हो । पुस्कासलाई भेटेउ, अबको पालो पेलेलाई भेट्टाउने।” रोनाल्डोले बधाईलाई स्विकार्दै बुफनलाई धन्यवादपनि दिएका छन । उनले लेखे, ” धन्यवाद लेजेन्ड!”

३५ वर्षिय रोनाल्डोले यस सिजन सिरि ए मा ६ गोल गरिसकेका छन् । कोरोना भाइरस संक्रमणको कारण उनले सबै प्रतियोगिता गरि ४ खेल गुमाएका थिए ।


  • 491
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *