इटालीको फराकिलो जित

  • 1
    Share

 

प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले फराकिलो जित निकालेको छ । बुधबार राती भएको खेलमा इटालीले इस्टोनियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एर्टेमियो फ्रान्चीमा भएको खेलमा इटालीलाई जित दिलाउन भिन्सेन्जो ग्रिफोले दुई गोल गर्दा फेड्रिको बेर्नार्डेस्की र रिकार्डो ओर्सोलिनीले समान एक-एक गोल गरे । खेलको १४ औँ मिनेटमा केभिन लासाग्नाको पासमा भेन्सेन्जी ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

२७ औँ मिनेटमा लोरेन्जोको पासमा बेर्नार्डेस्कीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८६ औँ मिनेटमा ओर्सोलिनीले गोल गर्दै इटालीलाई सनदार जित दिलाए ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *