नेदरल्याण्ड र स्पेनको बराबरी

प्रज्जवल थापा । विश्व फूटबलका दुई हेभिवेट नेदरल्याण्ड र स्पेनले बराबरी खेलेका छन् । बुधबार राती भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड र स्पेनले १-१ गोलको बराबरी खेलेका हुन् ।

जोहान कर्फ एरिनामा भएको खेलमा नेदरल्याण्डको लागि भान डेभिक र स्पेनको लागि सेर्जियो कानालेसले गोल गरे । खेलको १९ औँ मिनेटमा अल्भारो मोराटाको पासमा कानालेसले गोल गर्दै स्पेनलाई खेलमा अग्रता दिलाएका थिए । ४७ औँ मिनेटमा ओवेन विज्नडलको पासमा भान डेभिकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । अब स्पेनले नेसन्स लिगमा नोभेम्बर १४ र १७ मा स्विजरल्याण्ड र जर्मनीको सामना गर्नेछ । यस्तै नेदरल्याण्डले नोभेम्बर १४ र १८ मा बोन्सिया र पोल्यान्डको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *