रोनाल्डोलाई बेच्ने युभेन्टसको तयारी

प्रज्जवल थापा । युभेन्टसले सुपरस्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोलाई बेच्ने तयारी गरेको छ । यस सिजन सकिएपछि युभेन्टसले रोनल्डोलाई बेच्ने विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

३५ वर्षिय पोर्चुगिज सुपरस्टार रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिडबाट एक सय मिलियन युरोमा युभेन्टस पुगेका थिए । रोनाल्डोले हाल युभेन्टसबाट वार्षिक ३१ मिलियन युरो तलब लिन्छन् । उनको कमाई पाउलो डबेलाको भन्दा पाँच गुना बढी हो । कोभिडको कारण क्लबको कमाई ओलारो लागेपछि युभेन्टसलाई रोनाल्डोको तलब तिर्न हाम्मेहाम्मे परेको हो । सन् २०२२ सम्म सम्झौता भएपनी यस सिजन पश्चात् ट्रान्फर मार्केटमा राखेर उनमा लगानी गरेको पैसा उठाउने क्लबले रणनीति बनाएको हो।

रोनाल्डोलाई क्लबमा भित्राएर च्याम्पियन्स लिग उपाधी जित्ने लक्ष्य बनाएको युभेन्टस पछिल्लो दुवै सिजनमा क्वाटर फाइनल र अन्तिम १६ बाट बाहिरिएको थियो । घरेलु लिगमा एकछत्र राज गरेको युभेन्टसले च्याम्पियन्स लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । त्यसैले क्लबलाई यस सिजन च्यापियन्स लिग जिताउने रोनाल्डोको एकमात्र लक्ष्य हुनेछ । रोनाल्डोले यस सिजन लिगको चार खेलमा ६ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा भने गोलको खाता खोल्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *