आईपिएल फाइनल: आज मुम्बई र दिल्ली भिड्दै

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

मुम्बई इन्डियन्स पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउदै फाइनलमा स्थान पक्का गरेको थियो । मुम्बईसँग पराजित भएको दिल्ली दोस्रो क्वालिफायरमा सनराइजर्स हैरबादलाई पराजित गर्दै फाइनलको टिकट काटेको हो । मुम्बईले समुह चरणको १४ खेलमा ९ जित र ५ हार बेहोर्दै १८ अङ्कको साथ शिर्ष स्थानमा रहेर क्वालिफायर पुगेको थियो । दिल्ली १४ खेलमा ८ जित र ६ हार सहित १६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको थियो ।

यस सिजन मुम्बईले दिल्लीलाई सबै तीन भेटमा सजिलै पराजित गरेको छ । पछिल्लो क्वालिफायरमापनि मुम्बईले दिल्लीलाई ५७ रनले पराजित गरेको थियो । यता दिल्लीले मुम्बई बाहेक अन्य सबै टिमलाई कम्तिमा एक चोटि पराजित गरेको थियो । मुम्बईको लागि बलिङमा मुख्य हतियार ट्रेन्ट बोल्ट र जस्प्रित बुम्रा हुनेछन् । दुवैले यस सिजन क्रमश: २२ र २७ विकेट लिइसकेका छन् । मुम्बईको बलिङमा दिल्लीको ब्याटिङ फाइनलमा कस्तो चल्छ हेर्न बाँकी नै छ ।

दिल्लीका कगिसो रबडा हाल यस सिजन आईपिएलमा सार्वधिक विकेट लिने खेलाडी हुन् । उनले १६ खेलमा २९ विकेट लिइसकेका छन् । मुम्बईको उत्कृष्ट रहेको ब्याटिङ अडरलाई रोक्न दिल्लीका कप्तान श्रेयस आएरलाई गार्हो पर्न सक्छ ।

मुन्बई आईपिएल इतिहासको सार्वधिक सफल टिम हो । अहिलेसम्म मुम्बईले चार पटक उपाधी जितिसकेको छ । दिल्ली आईपिएल इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । दिल्ली क्यापिटल्सलाई मुम्बईलाई हराउँदै लिग जित्ने यो राम्रो अवसर हुनेछ ।

सम्भावित पहिलो ११
मुम्बई इन्डियन्स:- रोहित शर्मा (कप्तान), क्विन्टिन डिकक (विकेटकिप्पर), शुर्यकुमार यादव, इसान किसान, हार्दिक पाण्ड्य, किइरोन पोलार्ड, कुर्नाल पाण्ड्य, नथान कोउल्टेरनिल , राहुल चहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्रा

दिल्लीको क्यापिटल्स:- मार्कुस स्टोइनिस, शिखर धवन, अजिङ्के रहाणे, श्रेयस आयर (कप्तान), रिशव पन्त (विकेटकिप्पर), शिमरोन हेटमायर, अक्सर पटेल, रविचन्द्रन अश्विन, कगिसो रबडा, अनृच नोर्जिजे हर्सल पटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *