म्याड्रिडलाई अर्को झट्का, भालभेर्डे एक महिना मैदान बाहिर

प्रज्जवल थापा । रियल म्याड्रिडका मिडफिल्डर फेडेरिको भालभेर्डे चोटको कारण थोरैमा एक महिना मैदान बाहिर रहने भएका छन् ।

रियल म्याड्रिडले क्लबको वेभसाइट मार्फत जानकारी दिदै भालभेर्डेको पछिल्लो टिबियल हड्डीमा चोट लागेको जनाएको हो । उनले आइतबार भ्यालेन्सिया विरुद्धको खेल खेलेका थिए । यससँगै भालभेर्डेले उरुग्वेको लागि कोलम्बिया र ब्राजिलसँगको खेल गुमाउने छन् । यस्तै क्लबबाट भिल्लारियल, इन्टर मिलान, आल्भेस, शात्खर डोनेटेस्क, सेभिल्ला र बोरुसिया मोन्चेनग्लाडबाकविरुद्धको खेल पनि गुमाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *