म्यान्चेस्टर सिटी र लिभरपुलको बराबरी

  • 1
    Share

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राती भएको खेलमा सिटी र लिभरपुलले १-१ गोलको बराबरी खेलेका हुन् ।

इतिहाद रंगशालामा भएको खेलमा सिटीको लागि गार्बियल जेससले गोल गर्दा लिभरपुलको लागि मोहमद सलाहले गोल गरे । खेलको १३ औँ मिनेटमा वाल्करले मानेलाई फवल गरेपछि पाएको पेनाल्टीमा महोमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा ड्रि बुयनको पासना गार्बियल जेससले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

४१ औँ मिनेटमा सिटीले खेलमा अग्रता लिने मौका गुमायो । ड्रि ब्रुयनको क्रस विपक्षी खेलाडी गोमेजको हातमा लाएपछी पाएको पेनाल्टीमा ब्रुयन गोल गर्नबाट चुके । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै लिभरपुुल ८ खेलमा १७ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने सिटी ७ खेलमा १२ अङ्क जोड्दै दसौँ स्थानमा छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *