रियल म्याड्रिडको लज्जास्पद हार

  • 9
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले लज्जास्पद हार बेहोरेको छ । आइतबार राती भएको खेलमा म्याड्रिड भ्यालेन्सियासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

इस्टेडियो मेस्टल्लामा भएको खेलमा भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले ह्याट्रिक पूरा गर्दा एक गोल उपहार पाएको थियो । म्याड्रिडको लागि करिम बेन्जिमाले गरेको गोल सान्तवना बन्यो । म्याड्रिडको डिफेन्स निकै कमजोर देखिएको थियो । सबै गोल आफ्नै गल्तिमा बेहोरेको रियलले तीन पेनाल्टी दिँदा एक आत्मघाती गोल गरेको थियो ।

खेलको २५ औँ मिनेटमा मार्सेलोको पासमा करिम बेन्जिमाले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । त्यसपछि भने भ्यालेन्सिया हावी बन्यो । ३५ औँ मिनेटमा म्याड्रिडका राइट ब्याक लुकासले हेन्डगरेपछी पाएको पेनाल्टीमा कार्लोस सोलेरले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । ४३ औँ मिनेटमा गोमेजको क्रस क्लियर गर्ने क्रममा भरानले आफ्नै पोस्टमा गोल गरेपछि भ्यालेन्सियाले खेलमा अग्रता लिएको थियो ।

५१ औँ मिनेटमा भ्यालेन्सियाले अर्को पेनाल्टी पायो । मार्सेलोले फवल गरेपछि पाएको पेनाल्टीमा कार्लोस सोलेरले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ३-१ गोलको अग्रता दिलाए । ६३ औँ मिनेटमा भ्यालेन्सियाले खेलको तेस्रो पेनाल्टी पायो । सेर्जियो रोमसले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा सोलेरले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

बाँकी समयमा रियल म्याड्रिडले गोल गर्ने कुनै गतिलो अवसर सिर्जना गर्न सकेन। थप समयमा गोल हुन नसकेपछि भ्यालेन्सिया ४-१ गोलले विजयी भएको हो । जितसँगै भ्यालेन्सिया ९ खेलमा ११ अङ्क जोड्दै नवौँ स्थानमा उक्लिएको छ । पराजित म्याड्रिड ८ खेलमा १६ अङ्क जोड्दै चौथो स्थानमा छ ।


  • 9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *