रियल म्याड्रिडलाई भ्यालेन्सियाको चुनौती

  • 7
    Shares

प्रज्जवल थापा । साविक विजेता रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा आज भ्यालेन्सियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

इस्टेडियो मेस्टल्लामा हुने खेल जितेको खण्डमा म्याड्रिड शिर्ष स्थानमा उक्लिनेछ । हाल रियल ७ खेलमा १६ अङ्क जोड्दै तेस्रो स्थानमा छ । लिगमा राम्रो प्रदर्शन गर्न नसकेको भ्यालेन्सिया ८ खेलमा ८ अङ्क जोड्दै लिगको १५ औँ स्थानमा छ ।

रियल म्याड्रिड पहिलो रोजाईका दुई नियमित खेलाडी इडेन हजार्ड र केसिमिरोबिना मैदान उत्रिनेछ । दुवै खेलाडीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । दुई टोलीबिचको पछिल्लो २३ भेटमा रियल म्याड्रिड १२ खेलमा विजयी भएको छ । यस्तै ३ खेलमा भ्यालेन्सिया विजयी हुँदा ८ खेल बराबरीमा सकिएको थियो ।


  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *