युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज नायक

  • 3
    Shares

प्रज्जवल थापा । ब्रुनो फर्नान्डेज नायक भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी भएको खेलमा युनाइटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको घरेलु मैदान गोडिसन पार्कमा भएको खेलमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले दुई र इडिन्सन काभानीले एक गोल गरे । एभर्टनको लागि बेर्नाडले गरेको गोल सान्तवना बन्यो । खेलको १९ औँ मिनेटमा बेर्नाडले गोल गरेपछि एभर्टनले खेलमा शुरुवाती अग्रता लिएको थियो । २५ औँ मिनेटमा लुके सहको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

३२ औँ मिनेटमा मार्कुस रासफोर्डको पासमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा अगाडी बढाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा फर्नान्डेजको पासमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाए । युनाइटेडको लागि काभानीको यो पहिलो गोल हो ।

जितसँगै युनाइटेड ७ खेलमा १० अङ्क जोड्दै १४ औँ स्थानमा उक्लिएको छ । एभर्टन ८ खेलमा १३ अङ्कसहित पाँचौ स्थानमा यथावत छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *