प्रज्जवल थापा । रियल म्याड्रिडका फर्वार्ड इडेन हजार्ड र मिडफिल्डर केसिमिरोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्लबले वेबसाइटमा विज्ञप्ती जारी गर्दै हजार्ड र केसिमिरोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको हो । शनिबार बिहान गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । दुवै खेलाडीले गत मंगलबार च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेल खेलेका थिए ।
कोरोना पुष्टि भएपछि दुवै खेलाडी होम आइसोलेसनमा बसेका छन् । टिमको अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको क्लबले जनाएको छ । यससँगै दुवै खेलाडीले ला लिगा अन्तर्गत आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने छन् । यसअघि डिफेन्डर मिलिटाओपनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
