अभ्यासमा फर्किए महिला फूटबल खेलाडी

  • 416
    Shares

प्रज्जवल थापा । विभागीय क्लब एपिएफका महिला फूटबल खेलाडीहरु मैदानमा देखिएका छन् । हलचोकस्थिति एपिएफ मैदानमा खेलाडीहरु आफैं अभ्यासमा फर्किएका हुन् । लामो समयपछि खेलाडीहरुले अभ्यासमा फर्किन पाउँदा खुशी भएको बताएका छन् ।

नेपाल समाजसँगको कुराकानीमा फर्वार्ड सावित्रा भण्डारीले भनिन्, “लामो समयको अन्तरालपछि मैदानमा फर्किन पाउँदा खुशी छौं। हामी आफैं भौतिक दुरि कायम गरेर अभ्यास गरिराखेका छौं । धेरै समयपछि मैदानमा फर्किएको हुनाले अहिले सामान्य वोर्कआउटमा फोकस गरेका छौं। कोरोना भाइरसको कारण ठप्प रहेको नेपाली फूटबल गतिविधिहरु बिस्तारै सामान्य अवस्थामा फर्किने प्रयास गरिराखेका छन् ।

सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्विकृति पाएपछि पुरुष फूटबल टोली घरेलु टोलीसित मैत्रीपूर्ण खेलको लागि बंगलादेश भ्रमणमा छ ।

नेपालले बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । तर महिला फूटबल टोलीको प्रशिक्षण र खेलकोबारेमा अखिल नेपाल फूटबल संघ(एन्फा)ले कुनै कदम चालेको छैन ।


  • 416
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *