युरोपा लिगमा आर्सनल र लेस्चर विजयी

प्रज्जवल थापा । इङलिस क्लब आर्सनल र लेस्चर सिटिले युरोपा लिगमा विजयी यात्रा जारी राखेका छन् । बिहिवार भएको खेलमा आर्सनलले मोल्डेलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा पेपे र विल्लोकले १-१ गोल गर्दा दुई गोल उपहार पाएको थियो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । २२ औँ मिनेटमा इङ्लिसनले गोल गर्दै मोल्डेलाई खेलमा अगाडी बढाएका थिए । तर ४५ औँ मिनेटमा हौगेनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले खेलमा बराबरी गरेको थियो ।

६५ औँ मिनेटमा सिन्यानले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा लियो । ७० औँ मिनेटमा पेपेले गोल आर्सनललाई खेलमा ३-१ गोलले अगाडी बढाए । ८८ औँ मिनेटमा विल्कोकले गोल गर्दै आर्सनललाई सनदार जित दिलाए ।

यस्तै अर्को खेलमा लेस्चर सिटिले ब्रागामाथी ४-० को फराकिलो जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा लेस्चरलाई जित दिलाउन इएनाचोले दुई, डेनिस पेरेट र जेम्स मड्डिसनले एक-एक गोल गरे । खेलको २१ औँ मिनेटमा मेड्डिसनको पासमा इएनाचोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ४८ औँ मिनेटमा सेन्गिज अन्डरको पासमा इएनाचोले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्चरको अग्रता दोब्बर बनाए ।

६७ औँ मिनेटमा एननाचोको पासमा डेनिस पेरेटले गोल गर्दै लेस्चरलाई खेलमा थप बलियो बनाए । ७८ औँ मिनेटमा पेरेजको पासमा जेम्स मेड्डिसनले गोल गर्दै लेस्चरलाई प्रतियोगितामा लगातार तेस्रो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *