दिल्लीलाई हराउँदै मुम्बई आईपिएलको फाइनलमा

  • 2
    Shares

प्रज्जवल थापा । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो ।

२०१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले पूरा २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । खेलमा लज्जास्पद सुरुवात गरेको दिल्लीले रनको खाता नखोल्दै ३ विकेट गुमाएको थियो । मार्कुस स्टोइनिस र अक्सर पटेल बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडे । यस्तै अक्सर पटेलले ३३ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ४२ रन बनाएपनी टोलीलाई जित दिलाउन सकेनन् ।

मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभर बलिङ गर्दै १४ रन दिएर ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २, कुर्नाल पाण्डय र पोलार्डलेपनि १-१ विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । मुम्बईको लागि इसान किसानले सार्वधिक ५५ रन बनाए । उनले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोड्दा क्विन्टिन डिककले ४० रन जोडे । यस्तै अन्त्यमा हार्दिक पाण्डयले बिस्पोटक ब्याटिङ गर्दै १४ बलमा ५ छक्काको मद्दतमा ३७ रन जोडे ।

दिल्लीको लागि रविचन्द्रन अश्विनले ४ ओभर बलिङ गर्दै २९ रन दिँदै सार्वधिक ३ विकेट लिए । यस्तै नोर्तिजे र स्टोइनिसको नाममा एक-एक विकेट रह्यो । जितसँगै मुम्बई फाइनलमा प्रवेश गरेको छ । पराजित दिल्लीले दोस्रो क्वालिफायरमा बैंगलोर र हैरबादको विजेतासँग खेल्ने छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *