रोहित चन्द राष्ट्रिय टिम बाहिर

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका महत्त्वपूर्ण सदस्य रोहित चन्द टोलीबाट बहिरिएका छन् । उनी चोटका कारण बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने पक्का भएको हो ।

मिडफिल्डर रोहित चोटका कारण बंगलादेशविरुद्ध खेल्ने टोलीबाट बाहिरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । रोहितसँगै टिमका ८ खेलाडीले बैंगलादेशसँगको खेल गुमाउनेछन् । रोहित बाहेक अन्य सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको कारण सेल्फ आइसोलेसनमा छन् ।

नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा घरेलु टोलीविरुद्ध कार्तिक २८ र मंसिर २ गते दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ । नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *