च्याम्पियन्स लिग: युभेन्टसलाई फेरेन्भारोसको चुनौती

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको तेस्रो खेलमा आज युभेन्टसले फेरेन्भारोसको सामना गर्दैछ । पुस्कास एरिनामा हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुदैछ ।

पछिल्लो खेलमा बर्सिलोनासँग पराजित भएको इटालियन च्याम्पियन युभेन्टस आजको खेलमा जित निकाल्न महत्त्वपूर्ण छ । युभेन्टस दुई खेलमा तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । स्टार फर्वार्ड क्रिस्ट्यानो रोनाल्डोको आगमनले युभेन्टस थप बलियो देखिएको छ । सिरि ए अन्तर्गत स्पेजिया विरुद्धको खेलमा पुनरागमन गरेका रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण भुमिका खेलेका थिए । कोरोना संक्रमण भएपछि रोनाल्डोले अघिल्लो दुई खेल गुमाएका थिए ।

दुई टोलीबिच अहिलेसम्म कुनै प्रतियोगितामा भेट भएको छैन । अघिल्लो महिना बार्सिलोनाविरुद्ध काउन्टर अट्याकमा जोड दिएको फेरेन्भारोस युभेन्टसविरुद्धप

Leave a Reply

Your email address will not be published. Required fields are marked *