बार्सिलोनाले ड्यानामो किभको सामना गर्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगको समुहचरणको समूह ‘जि’ को खेलमा आज बार्सिलोनाले ड्यानामो किभको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

क्याप नोउमा हुने खेलमा बार्सिलोना आफ्नो जित निरन्तर दिन चाहन्छ । ड्यानामो भने बार्सिलोनाविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । घरेलु लिगमा राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोना च्याम्पियन लिगमा भने अपराजित छ । बार्सिलोनाले दुवै खेलमा सतप्रतिशत नजिता निकालेको छ । पछिल्लो खेलमा युभेन्टसलाई पराजित गरेको बार्सिलोना त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।

ड्यानामो किभपनी घरेलु लिगमा अपराजित टोली हो । घरेलु लिगमा राम्रो गरिराखेको किभ च्यापियन्स लिगको पहिलो खेलमा भने युभेन्टससँग पराजित भएको थियो । दोस्रो खेलना फेरेन्भारोससँग बराबरी खेलेको किभ पहिलो जित निकाल्न चाहन्छ ।

दुई टोलीबिचको पछिल्लो १० भेटमा बार्सिलोना ६ खेलमा विजयी भएको छ भने ड्यानाभो किभ ३ खेलमा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *