विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख नाघ्यो

  • 3
    Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४८ लाख २८ हजार १३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् भने ५ हजार १२३ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३३ हजार २२० पुगेको छ ।

हालसम्म २ करोड ५८ लाख ९१ हजार ६ सय ६३ कोरोनामुक्त भएका छन् । कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् ।

संक्रमितमध्ये ७९ लाख ३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६६ हजार २ सय बढीको अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७५ लाख ४९ हजार ३ सय २३ पुगेको छ ।

कोरोनाका कारण २ लाख १३ हजार ५२४ जनाको मृत्यु भएको छ भने ४७ लाख ७६ हजार ८ सय भन्दाबढी मानिस निको भएका छन् । यस्तै, भारतमा एकैदिन ७९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ९३४ पुगेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८७५ पुगेको छ भने ५४ लाख २५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४८ लाख ८२ हजार २ सय ३१ मानिस संक्रमित भएका छन् भने १ लाख ४५ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ लाख ३२ हजार ५ सय भन्दाबढी निको भएका छन् ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *