नित्या शिवाको ‘घर आगनीमा दशैँ आयो‘’(भिडियोसहित)

काठमाडौं । नित्या शिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा रहेको दशैँ गीत ‘घर आगनीमा दशै आयो‘’ सार्वजनिक भएको छ । डी एस डिजिटल सिनेमाको ब्यानरमा तयार भएको गीतको भिडियो ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो ।

पुरुषोत्तम न्यौपानेकै सङ्गीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतको भिडियोमा गाउँ घरमा दशै आउँदाका रमाइलो पलहरु समेटिएको छ । कृष्ण पाण्डेको छायाँकन, सन्दिप भुजेलको नृत्य, प्रेम शर्मा पौडेलको सम्पादन रहेको गीतको भिडियोमा रवी खडका, रोशिका राया, सृष्टि कोइराला र प्रेम शर्मा पौडेलको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *