अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ट्रम्पले आफु र आफ्नी पत्नी मलेनियालाई पनि संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो । हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन् ।

कोरोना भाइरसको महामारीको सुरुवातामा चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन पटक पटक गरिएको अनुरोधलाई अस्वीकार गरे पनि पछिल्ला दिनमा भने लगाउन राजी भएका थिए । उनले कोभिड–१९को परीक्षण गर्न पनि अश्विकार गर्दै आएको थिए ।

यसअघि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया क्वारिन्टनमा बस्ने बताएका थिए । ३१ वर्षीय निकट सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले कोरोनाको परीक्षण गरेका थिए ।

पछिल्ला दिनहरुमा होपले चुनावी अभियानका क्रममा ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन् । ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *