कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख २७ हजार नाघ्यो

  • 4
    Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ५६ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । एकैदिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ५६ लाख ६४ हजार ८ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । चीनको  वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ४४ लाख ७४ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।

त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् भने ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ५ सय ९७ पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ७७ लाख ८२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७४ लाख ९४ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४७ लाख ३६ हजार ६ सय भन्दाबढी निको भएका छन् भने २ लाख १२ हजार ६ सय बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् भने ९९ हजार ८०४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४८ लाख ४९ हजार २२९ पुगेको छ भने १ लाख ४४ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ लाख १२ हजार भन्दा बढी निको भएका छन् ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *