विक्रम र सिर्जुको ‘खोला खाल्सी हे माया’(भिडियोसहित)

नेपाली लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ बोलको गीत बजारमा आएको छ । गीतमा विक्रमजंग शाह र सिर्जु अधिकारीको स्वर रहेको छ । अमृत खातीको संगीत तथा विक्रमजंग शाहको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो एसथ्रीके इन्टरटेनमेन्ट को अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो काभ्रे जिल्लाका रमणीय ठाउँमा गएर छायाँकन गरिएको छ । भिडियोमा कमल सौरागको एरेन्ज, सागर गौतमको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । जुन गीतको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन् ।

गीतमा विक्रमजंग शाहसहित सांगीतिक क्षेत्रमा निकै नै लोकप्रियता कमाएका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *