विजय अधिकारीको ‘सम्झेर सानु’

विजय अधिकारीको ‘सम्झेर सानु’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ ।

गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरुप्रति यो गीत समर्पित छ ।

गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *