साउदी अरेबियामा साझा सद्भाव समूह गठन

काठमाडौं । मध्यपूर्वी देश साउदी अरेबियामा पनि जनक मेहताको संयोजकत्वमा ११ सदस्यीय ‘साझा सद्भाव समूह साउदी अरेबिया’ गठन गरिएको छ ।

उक्त कार्य समितिको सहसंयोजकमा नवीन किशोर तिमिल्सिना, सचिवमा रेशम बस्नेत, कोषाध्यक्षमा अमीर खाँन र सदस्यहरुमा रामहरि सेन्चुरी, मोतीलाल चौधरी, नारायण भक्त न्यौपाने, प्रमोद ओली, राज मण्डल ,जहाँगिर आलम र वशन्त आले रहेका छन् ।

मध्यपूर्वका अन्य देशहरु बहराईन, जोर्डन र इजरायलमा पनि संगठन बिस्तारको अभियानमा तीब्रता दिँदै आएको साझा सद्भाव समूहको मध्यपूर्व संयोजक सन्तोष केसीले बताए । साझा सद्भाव समूहको यो सोह्रौँ राष्ट्रिय समिति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *