USAID

होटल क्वारेन्टाइनको सेवा सुरु, ६२ होटल तयारी अवस्थामा

  • 2
    Shares

काठमाडौँ । विदेशबाट फर्किने नेपालीलाई सरकारले जारी गरेको मापदण्ड पूरा गरी होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । विदेशबाट मंगलबार आएका १ सय ५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । हानका महासचिव साजन शाक्यले विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार तयारी अवस्थामा रहेको बताएका छन् ।

सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको बताउँदै शाक्यले अहिले आउनेलाई राख्न पनि कुनै समस्या नहुने दाबी गरेका छन् । सरकारले जारी गरेका मापदण्ड पूरा गर्न कुनै समस्या नभएको बताए ।

काठमाडौँमा हानमा आबद्ध ३ सय ५० होटल छन् । जसमा हाल ६२ होटल क्वारेन्टाइनको लागि छुट्ट्याइएको हानले जनाएको छ । पछि बस्नेको माग आएमा क्वारेन्टाइनको लागि होटलको सङ्ख्या बढाउन सकिने शाक्यले बताए । विदेशबाट आउने नेपालीको लागि फाईदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ । विदेशबाट आएकाहरूलाई क्वारेन्टाइन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको उनले बताए ।

विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टाइनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुटटै गेटदेखि वाइफाइसम्मको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको सूचनामा होटल व्यवसायीले क्वारेन्टाइनको लागि दिने होटलको विभिन्न मापदण्डमा तय गरिएको हो । मापदण्डमा क्वारेन्टाइनको लागि कम्तीमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ट भएको हुनपर्नेछ । सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचा भएको भएको हुनुपर्नेछ ।

होटल क्वारेन्टाइनमा रहेका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न खाना, पानी, अन्य लजिष्टिक सपोर्ट हुनुपर्नेछ । स्वाब परीक्षणको नमुना सङ्कलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्नेछ । होटलमा टिभी, वाइफाइ, रुममा अनिवार्य भएको हुनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । होटलको रुपमा अट्याच्ड ट्वाइलेट र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था भएको हुनुपर्नेछ । साथै, होटलमा खाना तथा अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्न पाइने भएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *