USAID

काठमाडौं उपत्यकाकाे निषेधाज्ञा भदौ १७ गतेसम्म थप हुने निर्णय भाेलि मात्रै

  • 110
    Shares

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बिने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिहरूको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेकाे थियाे । उक्त निर्णयलाइ लिएर गृह मन्त्रालयमा मंगलबार अवेरसम्म बसेकाे बैठक निश्कर्षमा पुग्न नसकेपछि बुधबार फेरि बैठक बसेर निर्णय गरिने भएकाे हाे ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले एउटै बेहोराको आदेश जारी गर्दै उपत्यकामा अत्यावश्यक बाहेकका सेवा भोलि १० गतेसम्मका लागि बन्द गरेका थिए । काठमाडौँ उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा १५ गतेसम्म लम्ब्याएर परीक्षणको दायर बढाउन सुझाव दिएको थियो । काठमाडौंमा पनि पहिलो चरणमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो ।

तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले एक साता लामो निषेधाज्ञा प्रभावकारी भएको र अझै थप्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। ‘उहाँहरुले आफ्नो तयारी बाहिरबाट आएको सुझावबारे कुरा राख्नुभयो, उहाँहरुको आशय थप गर्ने नै छ’, प्रवक्ता बुढाले भने।


  • 110
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *