राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

काठमाडौं । सामाजिक द्वन्द्व भडकाउने खालको म्युजिक भिडियो बनाएर राष्ट्रिय झन्डा जलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ‘नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको’ जनाएकाे छ ।

उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो । भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखिन्छ ।

उक्त काण्डमा मुछिएकाहरूलाई कडा भन्दा कडा सजाय हुने प्रहरीले बताएकाे छ ।

One thought on “राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *