मालीका राष्ट्रपतिले दिए राजिनामा

माली । सैनिक कु पछि अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजीनामा दिएका छन्। मंगलबार सेनाले उनलाई बन्धक बनाएका थिए ।

त्यसपछि राष्ट्रपति केइताले राजीनामा दिएको मालीको सरकारी टेलिभिजनले समाचार प्रशारण गरेको छ ।

सरकारी टेलिभिजन मार्फत राष्ट्रपति केइताले सरकार तथा संसद भंग गरेको घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘म सत्तामा रहिरहनका लागि रगत बगोस् भन्ने चाहन्नँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *