कोभिड–१९ विरुद्ध चिनियाँ खोपको दुई चरणको ट्रायल आशाजनक देखियो

काठमाडौँ । विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको छ । खोपले प्रतिरोधी क्षमता विकास गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।

उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल असोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ । शोधपत्रमा पहिलो र दोस्रो चरणमा गरिएको ‘ट्रायल’को अन्तरिम विश्लेषण गरिएको छ । उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।

ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जना पहिलो चरणको क्लिनिकल ट्रायलमा भाग लिए । बाँकीको २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएको जनाइएको छ । कम, मध्यम र बढी गरी तीन मात्रामा खोप लगाइएको थियो । खोपको प्रयोगले प्रभावकारी रुपमा प्रतिजिवी तटस्थ बनाउन प्रेरित गरेको पाइयो । र प्रतिरोधी क्षमता राम्रो देखापर्यो ।

शोधपत्रमा खोपको प्रयोग कत्तिको सुरक्षित रहेकोसमेत मूल्याङ्कन गरिएको छ । खोपको प्रयोगले गम्भीर प्रकारको प्रतिकूल असर नगरेको प्रकाशित शोधलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ । खोप लगाइएको शरीरको भागमा दुखाइ हुनुका साथै ज्वरो आउने र पछि स्वतः निको हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *