USAID

अमेरिकी राष्ट्रपतिका भाइ रोबर्ट ट्रम्पको निधन

  • 6
    Shares


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्क अस्पतालमा उपचाररत रोबर्टको ७१ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्प स्वयमले यसको वक्तब्यमार्फत् जानकारी दिएका छन्

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्ना भाइ रोबर्टलाई भेट्न अस्पताल गएका थिए । एक शोक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो भाइ रोबर्टले गएराति अन्तिम सास लिएको बताए । उनले वक्तव्यमा भनेका छन्, ‘ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैँ मेरो हृदयमा रहने छ ।’

७१ वर्षीय रोबर्ट रियल स्टेटका व्यापारी थिए ।


  • 6
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *