पूर्वमन्त्रीको पिताको मृत्यु भएको ६ दिनमा कोरोना पुष्टि, अन्तिम संस्कारमा सहभागी १५ सयलाई क्वारेन्टिनमा बस्न सरकारी उर्दी

काठमाडौँ । काठमाडौँको एक अस्पतालको लापर्वाहीका कारण पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतका पिताको मृत्युभएको ६ दिनपछि आज मंगलबार कोरोना संक्रमणको पुष्टि भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका बस्नेतका ८४ वर्षीय पिता खड्कबहादुर बस्नेतको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजंगमा उपचारको क्रममा यही साउन २२ गते निधन भएको थियो ।

उपचारका क्रममा तीन दिनसम्म अस्पतालको सघन उपचार कक्ष (आईसीयु)मा रहेका बस्नेतको मृर्गाैलाले काम गर्न छोडेपछि मृत्यु भएको भन्दै परिवारलाई शव बुझाएको थियो । कोरोना संक्रमणको बारेमा कुनै जानकारी नदिएपछि मृतकको यसअघिकाे इच्छाअनुसार जन्मस्थान सिन्धुपाल्चोकको बाह्रबिसे गाउँमा नै लगेर धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरिएको थियो । अन्त्येष्टी कार्यक्रममा करिब १५ सय जनाको उपस्थिति रहेको पारिवारजनले नेपाल समाजलाई बताएको छ ।

मृगौला फेलका कारण मृत्यु भएको भनेको अस्पतालले कोरोना भाइरसको परीक्षणका लागि स्वाव संकलन गरेकाे भए पनि यसबारे परिवारलाई जानकारी दिएको थिएन । कोरोना परीक्षणको रिपार्ट नआउन्जेल शवलाई सुरक्षितरूपमा नराखी परिवारको जिम्मा लगाएर अस्पतालले गम्भीर लापर्वाही गरेको पारिवारिक स्रोतले बतायो । मृत्यु भएको ६ दिनसम्म पनि रिपार्ट नआउने घटनाले सर्वसाधारणको जनस्वास्थ्यमा सरकारको समेत लापर्वाही देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवालाई आज कोरोना भएको पुष्टि गरेपछि पूर्वमन्त्री बस्नेतले आफन्त तथा शुभेच्छुकहरुलाई आ–आफ्नै घरमा बसेर समवेदन दिन अनुरोध गरेका छन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृतकको अन्तिम संस्कारमा सहभागीहरुमा त्रास फैलिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुपाल्चोकले पनि आजै एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त संस्कारमा सहभागी सबैलाई अर्काे सूचना जारी नभएसम्म आ–आफ्नै घरमा सुरक्षितरुपमा क्वारेन्टिनमा बस्नका लागि अनुरोधसमेत गरेको छ ।

2 thoughts on “पूर्वमन्त्रीको पिताको मृत्यु भएको ६ दिनमा कोरोना पुष्टि, अन्तिम संस्कारमा सहभागी १५ सयलाई क्वारेन्टिनमा बस्न सरकारी उर्दी

  1. Yo teaching ko maan mohan hospital ko charm lapar wahi hoo yesma 100% hospital ko nai galti dakheen6.yesto karya garyako ra Corona virus failauna yo hospital gembeya war6.yesto hospital lai kharaj garnu par6.

  2. मुख्य त अस्पतालको चरम लापरबाही भएको देखिन्छ । कोरोना परिक्षणका लागि स्वाब लिइएको कुरा समेत परिवार जनलाइ जानकारी नदिनु अपराध हो । साथै पुर्ब सञ्चारमन्त्री समेत रहनु भएका माननीय ज्यु ले चाहिँ किन त्यत्रो भिडभाड हुनदिए ! हो येस्तो सबै जनाको लापरबाहीका करण अहिले कोरोना संक्रमण नेपालमा ह्वात्तै बढेको हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *