स्कुटर चलाएर मासु कोल्ड स्टोरको छड्के अनुगमनमा पुगिन् मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरमा छड्के अनुगमन गरेकी छन् ।

मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न मन्त्री चौधरीले बिहीबार कोल्ड स्टोरेजहरूको निरीक्षण गरेकी हुन् ।

अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् ।

उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन तथा निर्धारित मापदण्डको पालना अनिवार्य रहेको मन्त्री चौधरीले जोड दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *