प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ। दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलालाई मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले उक्त हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गम क्षेत्रका महिलालाई आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु कार्यक्रमको प्रमुख उद्देश्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *