सर्जिकल र आकस्मिक सेवा पुनः सञ्चालनमा

सप्तरी । सप्तरीकोे राजविराजस्थित गजेन्द्र नारायण सिंंह अस्पतालमा बन्द रहेका सर्जिकल र आकस्मिक सेवा आजदेखि पुनः सञ्चालन भएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि शुक्रबार अस्पतालका ती सेवा बन्द गरिएको थियो ।

अस्पताल स्यानिटाइज गरिएसँगै आकस्मिक सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा रङ्जीत झाले जानकारी दिएका छन । अस्पतालमा जनशक्ति अभावका साथै उपलब्ध जनशक्ति पनि आइसोलेशनमा रहेकाले सर्जरी सेवा प्रभावित रहेको उनले बताए । उनका अनुसार हालसम्म आठ जना स्वास्थ्यकर्मी तथा एक सरसफाई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये दुई जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि शुक्रबार अस्पतालको ती सेवा बन्द गरिएका थिए । अस्पतालमा चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्दा अहिले स्वास्थ्यकर्मीकोे चरम अभाव रहेको बताइएको छ । पाँच चिकित्सक र चार स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *